नियम ३६क
रद्द गर्न सक्ने
  आयोगले लिएको परीक्षामा प्रश्नपत्र परिमार्जन, प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण वा अन्तर्वार्ता सम्बन्धी काममा संलग्न भएको दक्ष वा कर्मचारीको नजिकको नातेदार त्यस्तो परीक्षामा उम्मेदवार भई सो परीक्षामा सफल भएको प्रमाणित भएमा निजको परीक्षा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्नेछ र निजले नियुक्ति पाइसकेको भए प्रचलित कानून बमोजिम आवश्यक कारवाही चलाउन सम्बन्धित निकायमा सिफारिस गरी पठाउन सक्नेछ ।
स्पष्टीकरणः  यस नियमको प्रयोजनको लागि नजिकको नातेदार भन्नाले बाबु, आमा,
पति, पत्नी, छोरा–छोरी, दाजु–भाई, दिदी–बहिनी, भाउजु–बुहारी, आमाजु, नन्द, जेठाजु, देवर, जेठानी, देउरानी, काका–काकी, ठूलोबुबा–ठूलीआमा, सानाबा–सानीआमा, भतिजा–भतिजी, भाञ्जा–भाञ्जी, भिनाजु–ज्वाई, मामा–माइजू, फुपु–फुपाजू, साला–साली र तीनका छोराछोरी
सम्झनुपर्छ ।